अर्थमन्त्रीले भने, ‘प्रशासनिक खर्च र कर्मचारीको तलब नमाग्नुस’

Shankar-Koiralaकाठमाडौं, ३० वैशाख । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका पदाधिकारीलाई कर्मचारीको तलवका लागि पैसा नमाग्न आग्रह गरेका छन् ।
प्रतिष्ठानका कुलपति अम्बर गुरुङको नेतृत्वको टोलीसंग आज सिंहदरवारमा भएको भेटमा अर्थमन्त्री शंकरप्रसाद कोइरालाले प्रतिष्ठानले गर्ने कामहरुमा सरकारले सहयोग गर्ने आश्वासन दिदै प्रशासनिक खर्च र तलव नमाग्न आग्रह गरे । प्रतिष्ठानका पदाधिकारीहरुले अर्थमन्त्रीसंग कलाकारहरुको औषधोपचारका लागि अक्षय कोष स्थापना गर्न माग गरेका थिए । साथै उनीहरुले कलाक्षेत्रलाई सरकारले अनुत्पादक क्षेत्रका रुपमा हेरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । कलाकारहरुले प्रतिष्ठानका निर्देशित ऐन कानुन व्यवहारमा ल्याउन सरकारसंग माग गरे । गीतकार संघले पनि आज अर्थमन्त्री कोइरालालाई भेट गरी सम्पूर्ण गीतकारको हितका विषयमा ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया