भारतविमल फोरम नेपालमा प्रवेश

काठमाडौं, ३० वैशाख । नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) का तत्कालीन कार्यबहाक अध्यक्ष भरतविमल यादव मधेसी जनअधिकार फारम नेपालमा प्रवेश गरेका छन् ।
राजधानीमा सोमबार आयोजित कार्यक्रममा भरतविमललाई फोरम अध्यक्ष उपेन्द्र यादवले सदस्यता प्रदान गरेका हुन् ।
दोस्रो जनआन्दोलनका क्रममा तत्कालीन सात दलका बैठक एवं आन्दोलनहरुमा उपस्थिति जनाएका भरतविमल लामो समय राजनीतिबाट निष्कृय बसेका थिए ।

प्रतिक्रिया