आइसिटी अभिमुखीकरण तालिम सम्पन्न

काठमाडौं, ३० वैशाख । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकमा सूचना–प्रविधिसम्बन्धी ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आइसिटी अभिमुखीरण तालिम सम्पन्न भएको छ । सामुदायिक सूचना तथा अनुसन्धान केन्द्र नेपालले आयोजना गरेको तालिममा बालउद्धार उच्च मावि, कपनमा कार्यरत ३० शिक्षक तथा विद्यार्थीको सहभागिता रह्यो । कम्प्युटर एसोसिएसन अफ नेपालका केन्द्रीय अध्यक्ष ई. विनोद ढकालको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा गैसस महासंघ जिल्ला शाखा काठमाडौंका अध्यक्ष कृष्ण थापाले उद्घाटन गरे ।
तालिम समापनका क्रममा क्यान नेपालका अध्यक्ष विनोद ढकालले ‘उपत्यकाका सरकारी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकमा समेत सूचना–प्रविधिका बारेमा पर्याप्त ज्ञान नभएकाले यसतर्फ सम्बन्धित पक्षको ध्यान जान ढिला भइसकेको बताए ।
क्यान नेपाल आइसिटी शिक्षा कार्यक्रमका संयोजक रोमकान्त पाण्डेले आधुनिक शिक्षा प्रणालीमा इन्टरनेटमा प्रवेश गर्ने आइडी नहुने व्यक्तिलाई निरक्षरका रूपमा चित्रण गरिने प्रचलन आएको बताए । उद्घाटन सत्रमा बोल्दै गैसस महासंघ जिल्ला शाखा काठमाडौंका अध्यक्ष कृष्ण थापाले ‘युवाले सञ्चालन गरेको संस्थाले आइसिटीजस्तो एकदमै समयसान्दर्भिक अपरिहार्य विषयवस्तुका माध्यमबाट समाज परिवर्तनका लागि अग्रसर भएकाले सकारात्मक परिणामप्रति ढुक्क रहेको र यसखाले विद्यालय केन्द्रित कार्यक्रममा आफूले सक्दो सहयोग गर्ने’ वचनबद्धता व्यक्त गरे ।

प्रतिक्रिया