थ्रेसहोल्डसहितको अध्यादेश बन्दै : मन्त्री पन्त

काठमाडौं, २९ वैशाख । भौतिक पूर्वाधार तथा यातायात मन्त्री छविराज पन्तले दलहरुबीच सहमती नभए निर्वाचन व्यवस्थासम्बन्धि थ्रेसहोल्डसहितको अध्यादेश राष्ट्रपतिसमक्ष पठाउन लागिएको बताएका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पन्तले निर्वाचनका लागि आवश्यक अध्यादेश बनाउन ढिला भइसकेकाले सहमतीका नाममा सरकारले धेरै समय दलहरुलाई कुर्न नसक्ने स्पष्ट पारे ।
उनले भने, ‘थ्रेसहोल्डको व्यबस्था विश्वका धेरै देशहरुमा छ, यो लोकतान्त्रिक व्यबस्था पनि हो ।’ अध्यादेश अन्तिम चरणमा पुगेकाले ऐन बन्नेवित्तिकै सरकारले निर्वाचनको मिति पनि सार्वजनिक गर्ने उल्लेख गरे ।

प्रतिक्रिया