दाङमा मोटरसाईकलबाट काठ तस्करी

दाङ, २९ वैशाख । दाङ जिल्लामा मोटरसाईकलबाट काठ तस्करी गर्ने एक जनालाई प्रहरीले काठसहित पक्राउ गरेको छ । चार जनाको समूह मध्य तीन जना फरार भएका छन् । गडवा­२ का १८ बर्षीय दीनानाथ यादवलाई प्रहरीले ५ थान सालको काठसहित पक्राउ गरेको हो । उनलाई प्रहरीले आइतबार विहान सवा तीन बजे पक्राउ गरेको जनाएको छ । उनीहरु रा १ प १७५४ र रा १ प ९५८९ नम्बरका दुई वटा मोटरसाइकलमा सालको अबैध काठ (घप्पू) ओसारपसार गर्दै गर्दा पक्राउ परेका थिए । प्रहरीले रोक्न खोज्दा नरोकी भाग्न खोज्दा रा १ प ९५८९ नबरको मोटरसाइकल नजिकै रहेको बिजुलीको पोलमा ठोक्किँदा यादवको दाहिने खुट्टामा चोट लागेको छ । उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

प्रतिक्रिया