बन्दले पूर्वी तराईको जनजीवन प्रभावित

download (1)राजविराज, २९ वैसाख । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले गरेको मधेश बन्दका कारण आज जनजीवन प्रभावित भएको छ ।
संविधानसभा निर्वाचनको मिति घोषणा, निर्वाचन  क्षेत्र पुनः निर्धारण्, नागरिकता बाहेकका प्रमाणका आधारमा पनि मतदाता नामावली नाम संकलन लगायतका विभिन्न १५ वुदे मागसहित सद्भावनाले आज मधेश बन्दको आह्वान गरेको हो । आज विहानै देखि पूर्वी तराईका विभिन्न जिल्लामा बन्दको आव्हान गर्दै हिडेका सद्भावनाका नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने विभिन्न ठाँउमा प्रहरीसंग झडप समेत भएका छन् ।
सवारी सञ्चालनमा अवरोध पुर्‍याईरहेका बेला पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी चौकमा सद्भावना पार्टीका कार्यकर्ता र प्रहरीविच दोहोरो झडप भएको छ । झडमा नेपाल विद्यार्थी मञ्चका केन्द्रीय सह कोषाध्यक्ष किशोरकुमार यादव लगायत १ दर्जन वढि नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी जिल्ला अध्यक्ष सुनिल झा, सचिव हरेराम यादव, कोषाध्यक्ष शैलेसकुमार साह, यूवा नेता दिनेश यादव, दुर्गा ईसर, रामचन्द्र यादव, लाल वहादुर महतो, शम्भु यादव, धु्रव कुमार मण्डल, नागेश्वर साह, रामचन्द्र यादव, चन्द्रनारायण दास, जटेन यादव लगायतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले स्कर्टिङ गर्दै सवारी साधनहरुलाई गन्तब्य तर्फ पठाइरहेको छ । आन्दोलनकारीहरुले आधा दर्जन सवारी साधनमा तोडफोड गरेका छन् । ना ३ख ५५४०, ना३ ख ५८१९, स ४ ख ४८१७, ना४ख ५०९ र ना४ख ५८३० नं. को यात्रुवसमा तोडफोड गरी क्षती क्षे पुर्‍याएका छन् ।

प्रतिक्रिया