शर्माद्वारा मनोबल नगिराईदिन आग्रह

Damodar Prashad Sharmaकाठमाडौं, २९ वैशाख । कायम मुकायम प्रधानन्यायाधीस दामोदरप्रसाद शर्माले श्रमजीवी पत्रकारका पक्षमा न्यायालय सधैं सकारात्मक रहेको बताएका छन् ।
प्रेस चौतारी नेपालको टालीसँग आइतबार काठमाडौंमा भएको भेटघाटमा शर्माले पत्रकारिता र न्यायालय एक अर्काका परिपूरक भएको बताए । ‘श्रमजीवी संचारकर्मीमाथि परेको जुनसुकै समस्यालाई अदालतले न्याय गरेको छ,’ उनले भने ।
श्रमजीवी पत्रकारको सामान्य प्रमाणमा पनि उनीहरुप्रति सकारात्मक फैसला भएको भन्दै उनले आगामी दिनमा पनि अदालतको सहयोग रहने बताए । उनले भने, ‘संचारकर्मी पनि निष्पक्ष रुपमा अघि बढ्नु पर्छ ।’
कामु प्रधानन्यायाधीस शर्माले आफूहरु अरुको गुनासो सुन्न बसेकाले कसैप्रति पूर्वाग्रही नबन्ने बताए । उनले सञ्चारमाध्यमले अदालतको मनोबल गिराउने काम गरे त्यसको प्रभाव न्याय सम्पादनमा पर्ने बताए ।

प्रतिक्रिया