बम विष्फोटमा परेर चालीसको मृत्यु

turkyटर्की, २९ वैशाख । टर्कीमा भएका अलग/अलग कार बम बिस्फोटमा परेर ४० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मृत्यु हुनेमा अधिकांश बालबालिका छन् । सिरिया र टर्कीको सीमाना नजिकै भएका बिस्फोटमा एकसय भन्दा बढी घाइते भएका छन् ।
नगरपालिका भवन र हुलाक सेवा बिभाग अगाडी दुईवटा विष्फोटमा भएको थियो । बम विष्फोटबाट भवनमा क्षति पुगेको छ ।
सिरियामा जारी हिंसाका कारण टर्कीमा शरण लिन पुगेका शरणार्थीहरुलाई लक्षित गरेर बिस्फोट गराईएको हुनसक्ने आशंका प्रहरीको छ ।

प्रतिक्रिया