सुरुङ खनेर ८ जना कैदी फरार

Karagarरोल्पा, २९ वैशाख । रोल्पा जिल्लास्थित कारागारबाट सुरुङ खनेर ८ जना बन्दीकैदी फरार भएका छन् ।
शनिबार मध्य राति कारागारको पश्चिम तर्फको भागबाट सुरुङ खनेर कैदी बन्दी फरार भएका हुन् । कैदी बन्दी फरार भए पछि सुरक्षार्थ खटिएका प्रहरीको समेत संलग्नता हुन सक्ने भन्दै कारागार ईञ्चार्जसहितका केही प्रहरीलाई कारबाहीमा राखिएको छ ।
फरार हुने कैदी बन्दीमा अर्जुन सेन, ध्रुव डाँगी, चम्फे बिक, बसन्त रोका, राजु थापा, कृष्ण वली, राजबहादुर वली र दीपक पुन रहेको प्रहरीले जनाएको छ । फरार मध्य ३ जना कैदी एवं ५ जना थुनुवा छन् ।
४ जना डाँका तथा चोरी, ३ जना जवरजस्ती करणी र १ जना गैंडाको खाग तस्करी गरेको अभियोगमा सजाय भोगिररहेका थिए ।
क्षमताभन्दा बढी कैदीहरु राखिएको रोल्पा कारागारको भवन जीर्ण अवस्थामा रहेको छ । कारागारको ३५ जना पुरुष र पन्ध्र जना महिला गरी ५० जनाको क्षमता मात्रै हो ।
यद्यपि, कारागारमा ७८ पुरुष र ४ जन महिला समेत ८२ जना कैदी तथा थुनुवालाई राखिएको थियो ।
कारागार सुरक्षाका लागि प्रहरी सहायक निरीक्षक बसन्त बस्नेतको नेतृत्वमा १९ जना प्रहरी टोली खटाइएको थियो । फरार कैदीहरुको खोजी कार्य भइरहेको रोल्पाका प्रहरी निरीक्षक सरोज पौडेलले जनाए ।

प्रतिक्रिया