पास अन सार्वजनिक

pass-onकाठमाडौं: जुम्ल्याहा दाजुभाइ राम परियार (दास) र लक्ष्मण परियार (दास)ले संयुक्त एल्बम पास अन ल्याएका छन् । राजधानीमा हालै आयोजित कार्यक्रममा  साहित्यकार कृष्ण धरावासी, संगीतकार राजु सिंह र चलचित्र पत्रकार शान्तिप्रियले एल्बमको संयुक्त सार्वजनिक गरेका हुन् ।
विराटनगर ११ देवकोटा चोकका रामकुमार परियार (दास) र लक्ष्मण कुमार परियार (दास) जुम्ल्याहा हुन् । तर, उनीहरूको सबै व्यवहार, विचार पनि अनुहारजस्तै एक प्रकारको रहेको छ । जसकारण उनीहरू संगीतमा जम्ने प्रयास गरिरहेका छन् । सांगीतिक क्षेत्रमा पहिचान बनाउन जुटेका राम–लक्ष्मणले ०५५ सालदेखि सांगीतिक समूह निशान बैन्डको स्थापनासँगै सांगीतिक यात्रामा पाइला चालेका हुन् ।
कार्यक्रममा गायक द्वयले निरन्तर सांगीतिक क्षेत्रमै क्रियाशील रहने बताए । जुम्ल्याहाको यो प्रयासलाई कार्यक्रममा उपस्थित अतिथिले शुभकामना दिएका थिए । एल्बममा रुन्न भन्थेँ, तिमी साग, भ्यालेन्टाइन, तिमीविनाको जीवन, मेरो जीवन, कुनै दिनजस्ता गीत समावेश छन् । एल्बमका सबै गीत लेखन र स्वर राम र लक्ष्मणले लेखेका छन् भने संगीत दिनेश श्रेष्ठको रहेको छ । (सौस)

प्रतिक्रिया