निबन्धसंग्रह “लोकेसन” सार्वजनिक

Khagendra-Sangraulaकाठमाडौं : मूलधारे नेपाली पत्रकारितामा अक्सर अफ–बिट फिचर लेखन र कविताका लागि चिनिएका युवा पत्रकार दीपक सापकोटाका निबन्धहरूको संग्रह ‘लोकेसन’ शनिबार सार्वजनिक भएको छ । सत्ताइस वर्षीय सापकोटाको पहिलो कृतिका रूपमा रहेको ‘लोकेसन’को राजधानीस्थित मन्डला थिएटरमा आयोजित एक कार्यक्रममा वरिष्ठ प्रगतिशील साहित्यकार खगेन्द्र संग्रौलाले विमोचन गरेका हुन् ।
प्रकाशक याम्बुरी बुक प्वाइन्टका अध्यक्ष कुयाङ लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई सिर्जनाकार सापकोटासहित सौर्य दैनिकका वरिष्ठ पत्रकार रामशरण बजगाईं, आख्यानकार अमर न्यौपाने, निबन्धकार रोशन शेरचन र संग्रौलाले सम्बोधन गरेका थिए । सौर्य दैनिक र नयाँ पत्रिका दैनिकमा पहिल्यै प्रकाशन भइसकेर पूर्ण परिमार्जनसहित पुस्तकाकारमा आएको कृतिबारे वक्ताहरूले सर्जक दीपक सापकोटालाई ‘राम्रो सम्भावना भएका निबन्धकार’ का रूपमा सटीक टिप्पणी गरेका थिए ।
‘पाण्डुलिपी असलमा एक कुरुप झुसिलकिरो हो र किताबचाहिँ सुन्दर पुतली ।… हरफनमौला (दीपक सापकोटा)को यो पाण्डुलिपिको अन्तिम इच्छा हो– म मरेपछि (अर्थात्, किताबमा मेटामर्फाेसिस भइसकेपछि) मेरो आत्मा कुनै असल पाठकको हृदयको समाधिस्थलमा बसोबास गरोस् ।… हरेक किताबको आत्मा हुन्छ । प्रत्येक पुस्तकको मौलिक व्यक्तित्व हुन्छ । चार्म एवं ब्युटी हुन्छ । आफ्नो मौलिक मुहार हुन्छ । तिनै आत्माको सौन्दर्यद्वारा नै हामी, जो आफूलाई असल पाठक भन्छौँ, युगौँदेखि मोहित छौँ ।… हरफनमौलाको यो किताबको आत्माको आवाज एउटा असल पाठकले अवश्य सुन्नेछ…।’
अक्षरगन्जका बाचाल यायावर एवं नितान्त पृथक् धारका आख्यान ‘डिजाइनर’ कुमार नगरकोटीको यस्तै भूमिकाले सजिएको ‘लोकेसन’ १५३ पृष्ठमा विस्तारित छ र यसले जम्मा २७ वटा निबन्ध समेटेको छ । (सौस्र

प्रतिक्रिया