मरिचमान १५ दिनदेखि अस्पतालमा

काठमाडौ, २९ वैशाख । पञ्चायतकालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठ गम्भीर बिरामी परेका छन् । फोक्सोमा समस्या भएपछि उनी १५ दिनदेखि अस्पतालमा उपचार गराइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
एकाएक श्वासप्रश्वासमा समस्या देखिएपछि श्रेष्ठलाई अस्पताल भर्ना गरिएको थियो । सास फेर्न गोह्रो भएपछि उनलाई ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो ।
अस्पताल भर्ना भएको १५ दिनपछि उनको स्वास्थमा केही सुधार आएको परिवारका सदस्यले बताएका छन् । चार वर्ष प्रधानमन्त्री र १४ वर्ष मन्त्री पद सम्हालिसकेका श्रेष्ठ ०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली राजनीतिमा निस्क्रिय बस्दै आएका थिए  ।

प्रतिक्रिया