खुकुरी प्रहार गरी हत्या

रुकुम, २८ वैशाख । रुकुम जिल्लामा दुई जनाको समूहले खुकुरी प्रहार गरेर मनबहादुर कसुरीको हत्या गरेको छ ।
दुली–३ का ३० बर्षीय मनबहादुरलाई शुक्रबार स्थानीय तेजेन्द्र कुसारी र मनबहादुर देवकोटाले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहार गर्ने दुबै जना फरार रहेका छन् । उनीहरुको खोजतलास जारी रहेको प्रहरी भनाई छ ।

प्रतिक्रिया