निर्वाचनमा सबै दल सहभागी हुन्छन् : घिमिरे

madhavचितवन, २८ वैशाख । गृहमन्त्री माधवप्रसाद घिमिरेले आन्दोलनरत दलहरुसँग वार्ता गरेर संविधानसभा निर्वाचनमा सहभागी गराउने दाबी गरेका छन् ।
चितवनमा शनिबार आयोजित कार्यक्रममा मन्त्री घिमिरेले वार्ताका लागि सरकारले विभिन्न दल र समूहसँग परामर्श गरेको बताए । ‘असन्तुष्ट दलहरुसँग वार्ता गरी सरकार सबै दललाई निर्वाचनमा सहभागी गराउन लागिपरेको छ,’ उनले भने ।
उनले लोकतान्त्रिक र शान्तिका लागि तोकिएको समयमा निर्वाचन गर्नुपर्ने उल्लेख गरे । सरकारले मंसिर भित्रै निर्वाचन गर्ने गरेर मिति घोषणा गर्ने तयारीमा रहेको मन्त्री घिमिरेको भनाई थियो । उनले भने, ‘सरकारले छिट्टै निर्वाचनको मिति घोषणा गर्छ ।’
घिमिरेले राजनीतिक संरक्षणमा आपराधिक गतिविधि मौलाउन सक्नेमा पनि आफू सचेत रहेको बताए । उनले राजनीतिक संरक्षणमा अपराध भए सरकार चुपलागेर नबस्ने चेतावनी दिए । दोषीलाई कारबाही कानून अनुसार कारकाही गर्ने उनको भनाई थियो ।

प्रतिक्रिया