फकिर फन्डा

nagarkotiआख्यानशिल्पी कुमार नगरकोटी आजकाल फ्री छन् अर्थात् साहित्यिक हाइबर्नेसनमा । हालैको एक साँझ रिचर्ड. जे. एफ. डेको किताब ‘ग्राम्स्की इज डेड’ पढिरहेको भेटिएका उनलाई हामीले अपहरण शैलीमा खुला प्रांगणमा पुर्‍यायौँ र सोध्न थाल्यौँ, उनका जिन्दगीका सेक्रेट अनि सेलेक्टेड संस्मरणहरू । दुई औँलाले खुकुरी चुरोट च्यापी अस्ताउँदै गएको घामतिर एकटक हेरेर पुगे उनी फ्ल्यासब्याकतिर । असलमा उनी आफूलाई जोगी ठान्दारहेछन् । भन्छन्, ‘स्वभाले म फकिर नै हुँ । युवाकालमा खुब फकिरगिरी गरियो । जोगी, साधुहरूको लामो संगतमा रहेँ । युवाकालका फकिरगिरीका दिनहरूमा म घाँटीमा क्यामेरा झुन्ड्याउँदै साधु–सन्त–जोगीहरूको फोटो खिच्दै हिड्थेँ ।’
पछिल्लोपटक कुन–कुन किताब पढ्नुभयो ?
केही दिनअघि हरिवंश आचार्यको पुस्तक विमोचन कार्यक्रममा अनुप बरालसित साहित्य, चित्रकला, फिल्म विषयमा कुराकानी भयो । भारतीय लेखक उदय प्रकाशको कुनै पनि किताब मैले आजसम्म नपढेकाले मिस्टर बराल मसित खिन्न भए । ती फाइन कलाकार कस्ता अजीवका जीव थिए कि तत्कालै उनले बुकवर्मबाट उदय प्रकाशको ‘…और अन्तमे प्रार्थना’ नामक किताब किनेर मलाई उपहार दिइहाले । किताब उपहार दिने मानिस इन्ºयाक्ट प्रिय हुन्छन् । त्यही रातको एक बसाइमा त्यो कथासंग्रह पढिसिध्याएँ । गज्जब लाग्यो । केहीअघि पुरुषोत्तमशमशेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ को दुईवटा भोल्युम सिध्याएँ । बडो रोचक किताब । राजकमल चौधरीको ‘प्रतिनिधि कहानियाँ’, अल्वेयर कायुको ‘निर्वासन और आधिपत्य’ र ब्रजेशको ‘यायावर’ पढेँ । किताबहरूको संगत ज्यादै रुचिकर एवं प्रीतिकर हुने गर्छ । हाल ‘पञ्चतन्त्र’ को संस्कृत/नेपाली भर्सन रिभिजिट गर्दै छु ।
पछिल्लोपटक हेरेका फिल्म ?
तीनवटा अद्भुत फिल्म हेरेँ । अब्बास किरोस्तामीको ‘द विन्ड विल क्यारी अस्’ र माइकल हेनेकेको ‘आमोर’ । रोबर्ट ब्रेसनेको फ्रेन्च फिल्म ‘ला आर्गेन्ट’ जुन लियो टोल्स्टोयको कथामा आधारित छ । बीसौँ शताब्दीको वान अफ द मोस्ट कन्ट्रोभर्सियल फिल्मस् ‘कालिगुला’ पनि हेरेँ जुन फिल्म यहाँका तथाकथित नैतिकवादी एवं आदर्शवादी जीवात्हरूले सकेसम्म नहेरून् भन्ने विनम्र सुझाव दिन चाहन्छु ।
पछिल्लोपटक सुनेको कुनै संगीत ?
केही दिनअघि एक साँझ लेखक प्लस डकुमेन्ट्री मेकर शेखर खरेलले मलाई पाटन संग्रहालय लिएर जानुभयो । मिस्टर खरेल

नगरकोटीले सुफी–संगीत सुनोस् भन्ने चाहनुहुन्थ्यो सायद । म्युजियमको कोर्टयार्डमा भारतीय सुफी गायक मदनमोहन सिंको सुफीयाना महेफिल पूर्ण आध्यात्मिक फ्लेभरमा, अन्दाजमा जमिपो हाल्यो । संगीतमा आदिमता प्लस आधुनिकताको अद्भुत मिश्रण थियो । सेक्सपियरको सोनेट्टा, जोन लेननको आई एम ए ड्रिमर, बर्तोल्त ब्रेख्तका कविता अनि समीका मिस्टिक कविता संगीतमा गुन्जियो । म यसै पनि क्लासिकल म्युजिकको अघोरी फ्यान हुँ । त्यो सुफी–साँझ बडा सुमधुर रह्यो । धेरै समयपश्चात् यो सहरमा त्यो रात मलाई गहिरो निद्रा लाग्यो ।
आफ्नो जीवन कस्तो लाग्छ ?
यो मैले छनोट गरेको जीवन होइन । आई डिडन्ट चुज दिस लाइफ । बट द लाइफ ह्याज चुजन मी टु लिभ एन्ड डाई । जीवनले मलाई छनोट गरेको हो सायद बाँच्न र मृत्युलाई उपलब्ध हुन । मैले जीवनमा कहिल्यै कुनै उद्देश्य राखिनँ । म एक किसिमको यायावर प्राणी हुँ । एक वन्डरर । आफूलाई त्यो नदी समान ठान्छु जो विशाल समुद्रमा मिसिएला/नमिसिएला या कतै मरुभूमिको बालुवामा गई टुंगिएला कुनै मतलब छैन । हु केयर्स टाइपको । नदीले तपाईंलाई एउटा सुन्दर कुरा सिकाउँछ । जस्ट ‘फ्लो’ हुन । बग्न । समाजले तपाईंलाई ‘फलो’ गर्न सिकाउँछ । फ्लो र फलोमा तात्त्विक भिन्नता छ । मैले कसैको ‘फलोवर’ हुन रुचाइनँ । त्यो चाहे कुनै स्कुल अफ थट होस्, फिलसफी होस्, रिलिजन होस्् या चाहे पोलिटिक्स होस् । कुनै सिद्धान्त, वादहरूको पिछलग्गु अर्थात् फलोवर हुन रुचाइनँ । कुनै कर्पोरेट धार्मिक गुरुको फलोवर हुने झन्झट रुचाइनँ । आई जस्ट फ्लो । बग्न रुचाएँ ।
बाल्यकालको कुनै प्रसंग ?
सो–कल्ड स्कुल जीवनमा म खेलाडी थिएँ । सबै खेल म राम्रो खेल्थेँ । म सबै खेलको टिम क्याप्टेन नै हुने गर्थें । मेरो एकेडेमिकभन्दा ज्यादा स्पोर्टस् सर्टिफिकेटहरू नै छन् । ती सर्टिफिकेट र मैले पाएका असंख्य कप एवं सिल्ड गाउँमा आमाले बाकसमा थन्क्यााएर राख्नुभएको छ । म क्याप्टेन थिएँ त्यो चाहे फुटबल होस्, चाहे भलिबल, क्रिकेट, बेसबल या ह्यान्ड बल । मेरा खेल गुरुहरूको के भ्रम थियो भने म भविष्यमा एक राम्रो खेलाडी बन्नेछु । तर, कुन खेलको ? एथलिट गुरु भन्नुहुन्थ्यो कि म एक दिन अवश्य पनि तेज धावक बन्नेछु । मेरो कराते गुरु भन्नुहुन्थ्यो म एक खतरा कराते–म्यान हुनेछु । तर, म त्यस्तो केही बनिनँ । गुरुहरूको मप्रतिको धारणा, विश्वास, जिज्ञासामाथि मैले पानी खन्याइदिएँ । अझ भनूँ ऐला, ह्विस्की, भोड्का खन्याइदिएँ ।
तपाईं गीत–संगीतमा पनि उत्तिकै रुचि राख्नुहुन्छ, होइन ?
कुनै जमाना थियो जब म मञ्चमा गीत गाउँथे । नाटक निर्देशन गर्थें । फिल्म पनि निर्देशन गरेँ । यो कुरा बेग्लै भो । कविता लेख्थेँ । सरी, कविता लेखिँदैन । कविता त सिर्जना पो गरिन्छ । पुराना साथीहरू म सो–कल्ड लेखक भएकोमा दु:ख व्यक्त गर्छन् । मेरो संगीत गुरु एवं ती नोस्टाल्जिक साथीभाइहरूको सदीक्षा, कामनाअनुसार त म गायक बन्नुपर्ने थियो । एउटा फिल्मका निम्ति गीत पनि रेकर्ड गराएँ आफ्नै शब्दमा । तर, फर्चुनेटली, फिल्म रिलिज भएन । शास्त्रीय संगीत सिक्न गएँ । तर, सधैँभरि लेघ्रो तानेर राधे–राधे भनी परमेश्वरको भजन गाउने जाँगर भएन । आजकल आफ्नै मनलाई सुनाउँदा बडो आनन्द आउँछ– हम भी किसी जमानेमे गायक थे, कवि थे । लेकिन् देख् नगरकोटी, तु तो क्या से क्या हो गया ।
तपाईं जोगीजस्तो मान्छे लाग्छ । फकिरजस्तो । होइन त ?
स्वभाले म फकिर नै हुँ । जोगी नै हुँ । युवाकालमा खुब फकिरगिरी गरियो । जोगी, साधुहरूको लामो संगतमा रहेँ । मलाई फोटोग्राफी खुब मन पर्छ । ‘मोक्षान्त: काठमान्डु फिभर’ कथाको फोटोग्राफर–पात्र म स्वयं हुँ । युवाकालका फकिरगिरीका दिनहरूमा म घाँटीमा क्यामेरा झुन्ड्याउँदै साधु–सन्त–जोगीहरूको फोटो खिच्दै हिड्थेँ । मेरो एउटा फेभरेट जोगी थियो जो सन्तानेश्वरको डाँडामा बसोबास गथ्र्यो । मलाई गाँजा, भाङ खुवाउँथ्यो । मैले उसको विभिन्न भावभंगिमाका तस्बिर खिचेर उसलाई उपहार दिएको थिएँ । उसको पाटीको भित्तामा विभिन्न देवताको फोटो, पोस्टर थिए । ती फोटो, पोस्टर निकालेर त्यसले फ्याँक्यो एक दिन । र, तिनको ठाउँमा मैले खिचिदिएका आफ्ना तस्बिर टाँस्यो । झुन्ड्यायो । देउता बन्ने दमित मनोकांक्षा मैले त्यो जोगीमा देखेँ । त्यसपछि मैले आफ्नो फकिरगिरी सदाका निम्ति त्यागिदिएँ । त्यसैताका मेरो हातमा एमिली डिकिन्सनको कविता कुन्नि कताबाट आयो । ती कवयित्रीले मलाई नै सम्बोधन गरे झैँ गरी आफ्नो काव्य–वाचन गरिन्– आई एम नोबडी । हु आर यु ? आर यु नोबडी टु ? मेरो मनले जवाफ दियो– यस माई लेडी † आई एम नोबडी टु । एन्ड आई एकजिस्ट नो ह्वेर । वास्तवमा, म जीवनसित मस्तसाथ हाइड एन्ड सिक खेल खेलिरहेको थिएँ । खेलाडी बनिनँ । गायक, कवि बनिनँ । जोगी बनिनँ । आई सिम्पली विकम अ बिग गड ड्याम नोबडी हुु लिभ्स नोह्वेर ।
ठिकै त भयो नि † त्यो ‘नोबडी’ लेखक बन्यो । नेपाली पाठकले नयाँ ‘फ्लेभरको फिक्सन पढ्न पाए । एकप्रकारले
सेलिब्रेटी–लेखक हुनुभा’छ †
इन्फ्याक्ट, म आफूलाई लेखकै मान्दिनँ । सबै लेख्ने मानिसहरू लेखक हुँदैनन् । लेखन भनेको त एक महान् तपस्या हो, पूजा हो । लेखक हुनु भनेको त वेदव्यास, होमर, दाँते, देवकोटा, गोथे, टैगोर अथवा सेक्सपियर, सिलरको क्यालिवरमा पुग्नु हो । हामीले पनि कुनै दिन साँच्चिकै लेखक हुन्छौँ कि भनी तपस्या गर्ने हो । म त छोटेमोटे लिट्रेरी यायावर मात्र हुँ । लेखक बन्ने मेरो सदीक्षा मात्र हो । त्यो हुँला या नहुँला, नाउ हु द हेल केयर्स † आफ्नो साहित्यिक हैसियतप्रति म सदा सजग छु । त्यसैले मैले आफूलाई केवल एक तुच्छ फिक्सन डिजाइनर मात्र भनेको हुँ । रह्यो कुरा सेलिब्रेटी लेखकको । जाबो पन्ध्र–बीसवटा कथा खेल्ने नगरकोटी केको सेलिब्रेटी † ह्वाट नन्सेन्स ? सब तुच्छ वकवास हो ।
तर, सहरमा त तपाईंका गजब–गजबका, डाइहार्ट ‘फ्यान अचाक्ली भेटिन्छन् नि † तिनीहरूलाई के भन्नुहुन्छ ?
अब के नै पो गर्न सकिन्छ र † यति भनूँ– ती मेरा दु:खले आज्र्याका अद्भुत पाठक हुन् जसले दुर्घटनावश मेरा तथाकथित रचना रूचाइदिए ।
साहित्यमा ‘अक्षरगन्ज, ‘दारूमहल’जस्ता नयाँ–नयाँ शब्द ल्याउनुहुन्छ । तपाईंको नजरमा सबैभन्दा सुन्दर शब्द अथवा सुन्दर भाव बोकेको शब्द कुन हो ?
धन्यवाद †
– दीपक सापकोटा/सुजित मैनाली
नगरकोटी फ्लेभर– केही चोइस्
पाँच महिला लेखक
–भर्जिनिया उल्फ
–पारिजात
–सिल्भिया प्लाथ
–सिमोन द बुवा
–अरुन्धती रोय
पाँच गुनगुनाउन मन लाग्ने गीत
–कुन मन्दिरमा जान्छौ यात्री: रविन शर्मा
–तुमको देखा तो ये खयाल आया : जगजित सिं
–फजा भि है जवाँ जवाँ : सलमा आगा
–कन्ट्री रोड टेक मी होम : जोन डेन्भर
–मेरो बेहोसी आज मेरा लागि
पर्दा भो : नारायण गोपाल
युनोस्कोले विश्वसम्पदा सूची निकाल्छ। नगरकोटीले विश्वसम्पदा सूचीमा पाँचजना मानिसको नाम प्रस्ताव गर्नुपर्‍यो भने ती कोको होलान् ? कारणसहित भन्नुहोस् ।
–कार्ल माक्र्स: मानव समुदायका निम्ति एक अप्रितम पुरस्कार । एक युनिभर्सल हेरिटेज ।
–ओशो : वान अफ द मोस्ट ब्युिटफुल मेन एभर वाक इन दिस प्लानेट ।
–भ्यान गग : अ पेन्टर हु पेन्टेड लाइफ इन द क्यानभास अफ होली डेथ् ।
–आइनस्टाइन : अ फाइन जेन्टलम्यान फ्रम दिस अर्थ
–मोजार्ट : अ म्युजिसियन हु चेन्ज्ड द पोयट्री अफ म्युजिक

पाँच कथाकार

–होर्खे लुई बोर्गेस्
–एन्टन चेखव
–लु सुन
–मोपाँसा/सआदत हसन मन्टो
–ओ हेनरी
पाँच कवि
–टिएस इलियट
–अलेन गिन्सवर्ग
–पाब्लो नेरुदा
–गुलजार
–बाल्ट ह्विटम्यान
पाँच फिल्म
–सेन्ट अफ अ वुमन
–कुन्दुन
–सिन्डलर्स लिस्ट
–टाइम ट्राभलर्स वाइफ
–ट्राभलर एन्ड मजिसियन
पाँच पात्र
–द्रौपदी : महाभारत
–डेस्डिमोना : ओथेल्लो
–सकम्बरी : शिरीषको फूल
–अन्ना करेनिना : अन्ना करेनिना
–मदाम वोभारी : म्याडम वोभारी
पाँच पुस्तक
–जिजस, द सन् अफ म्यान : खलिल जिब्रान
–एनि ह्युमन हार्ट : विलियम वोयड
–सिद्धार्थ : हर्मन हेस्से
–वार एन्ड पिस – लियो टोल्स्टोय
–ब्रदर्स करमाजोभ – दोस्तोयब्स्की

प्रतिक्रिया