ट्रकमा आगजनी गर्ने तीन जना पक्राउ

Jhapa Districtझापा, २७ वैशाख । झापा जिल्लामा ट्रकमा आगजनी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अनारमनी–३ का २८ बर्षीय चन्द्र लिङदेन, ४३ बर्षीय धु्रव उप्रेती र १८ बर्षीय कमल खरेल रहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकमा आगजनी हुनुको कारण बारेमा केही बताएको छैन ।
मोटरसाईकलमा आएका उनीहरुले चारपाने–१ मा ना.४ ख ८०४९ नम्वरको ट्रकमा आगजनी गरेका थिए ।

प्रतिक्रिया