सुनको कोटा बढाउन व्यवसायीको माग

Shankar-Koiralaकाठमाडौं, २६ वैशाख । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदी आयातको कोटामा नियन्त्रण गर्दा बजारमा कालो बजारी बढेको भन्दै तत्काल सुनको कोटा बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
महासंघले यसबाट व्यवसाय नै बन्द हुने अवस्थामा पुग्नुका साथै कालोबजारीका कारण राज्यलाई प्राप्त हुने राजस्व गुमेको दाबी गरेको छ ।
सिंहदरबारमा शुक्रबार महासंघको प्रतिनिधिमण्डलले वाणिज्यमन्त्रीसमेत रहेका अर्थमन्त्री शंकरप्रसाद कोइरालालाई भेट गरेर सुनको कोट बढाउन माग गरेको हो ।
विवाहको लगनमा बजारमा ४५ किलो सुनको माग भएकोमा हाल १५ किलोको आपूर्ति व्यवस्थाले व्यवसाय संकटमा परेको महासंघको भनाई छ ।
बढ्दो माग र आपूर्तिको तालमेल नमिल्दा असुरक्षाको अवस्था बढेको महासंघका अध्यक्ष मणिरत्न शाक्यले बताए ।
मन्त्री कोइरालाले सुन व्यवसायीको माग पुरा गर्न सरकारले आश्वासन दिए ।

प्रतिक्रिया