कोइरालाले भने, ‘गल्ती भयो माफ गर्नुस्’

susil-koiralaकाठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पूर्वमुख्य सचिव लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने निर्णय गलत भएको स्वीकार्दै माफी मागेका छन् ।
वीपीचिन्तन प्रतिष्ठानले कीर्तिपुरमा आयोजना गरेको कार्यक्रममा सभापति कोइरालाले विबादित छविका कार्कीलार्ई अख्तियार प्रमुखमा सिफारिस गर्दा आफू चुकेको उल्लेख गरे । ‘हामी चुकेकैं हौं, सभापति कोइरालाले भने, हामीबाट गल्ती भयो माफ गर्नुस् ।’ उनले कार्की प्रकरणबाट नेतृत्वले पाठ सिकेको बताउँदै आगामी दिनमा यस्ता त्रुटीहरु नदोहोरिने स्पष्ट पारे । उनले आगामी संविधान सभा निर्वाचनमा पार्टीलाई विजय बनाउन कार्यकर्तालाई निर्देशन दिए । चार दलीय संयन्त्रबाट कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेपछि अहिले पार्टीभित्रैबाट उनको आलोचना भईरहेको छ ।

प्रतिक्रिया