एकप्रतिशत मतमा दलहरुका आ–आफ्नै अडान

Khilraj-Regmi'sकाठमाडौं, २७ वैशाख । सरकारले संविधानसभा निर्वाचनका लागि राजनीतिक वातावरण निर्माण बनाईदिन दलहरुसँग आग्रह गरेको  छ ।
सिंहदरबारमा शुक्रबार बसेको सर्वदलीय बैठकमा अन्तरिम मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले निर्वाचनको वातावरण बनाईदिन भनेको नेताहरुले बताएका छन् । ‘सरकारले निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी गरेको छ,’ उनले भने, ‘राजनीतिक दलहरुले अब वातावरण निर्माण गरिदिनु पर्छ ।’
अध्यक्ष रेग्मीले निर्वाचनका लागि सरकारलाई समस्या परेका कानून र अन्य विविध विषयमा पनि दलहरुलाई जानकारी गराएका थिए ।
जवाफमा दलहरुका नेताहरुले निर्वाचनको तयारीमा कुनैकसर बाँकी नराख्न आग्रह गर्दै सहयोगको आश्वासन दिए । साना दलहरुले निर्वाचन कानूनमा सधार गर्दा एक प्रतिशत मत ल्याउनु पर्ने बाध्यकारी व्यवस्था नराख्न सुझाव दिए ।
यद्यपि, कांग्रेस र एमालेले संविधानसभा निर्वाचनमा एकप्रतिशत मत ल्याउनु पर्ने अनिर्वाय व्यवस्थ गर्न आग्रह गरे ।
त्यसै गरेर, बैठकमा असन्तुष्ट राजनीतिक दल र समूहसँग वार्ता गरेर निर्वाचनमा समेट्न सरकारलाई सुझाव दिए । निर्वाचनको मिति पनि छिटो घोषणा गर्न सरकारलाई आग्रह गरिएको एक नेताले जनाए ।

प्रतिक्रिया