मध्य र सुदूरपश्चिममा प्रतिष्ठानको कार्यशाला

काठमाडौं : नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान चित्रकला विभागले नेपालगन्ज, धनगढी र बुटवलमा कला कार्यशाला, कला प्रदर्शनी र सम्मान कार्यक्रम आयोजन गर्ने भएको छ । नेपाल ललितकला संस्था नेपालगन्जको सहकार्यमा वैशाख २६, २७ र २८ गते, नेपाल कमर्सियल आर्टिस्ट संघ धनगढीको सहकार्यमा जेठ २, ३ र ४ गते र नेपाल कमर्सियल आर्टिस्ट संघ र नेपाल ललितकला मञ्च बुटवलसँगको सहकार्यमा जेठ ६ गते पानीरंग प्रशिक्षण कार्यशालासमेत गर्न लागेको छ ।
मोफसलमा रहेर निरन्तर कला सिर्जना गरिरहेका स्रष्टा तथा नवप्रतिभावान कलाकारलाई उत्साहित, प्रोत्साहित र सम्मान गर्न यसपटक विभागले पहिलोपटक मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलमा कार्यक्रम गर्न लागेको नेपाल ललितकलाले जनाएको छ । (सौस)

प्रतिक्रिया