हटाईए बालकल्याण समितिका निर्देशक मल्ल

Simhadarbarकाठमाडौं, २६ वैशाख । सरकारले केन्द्रीय बालकल्याण समितिका निर्देशकलाई हटाउने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समितिका निर्देशक सिसम मल्ललाई हटाउने निर्णय गरेको सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले जानकारी दिए ।
त्यसै गरेर सरकारले विशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धि कानून बनाउने सैद्धान्तिक सहमति गरेको छ । गृह मन्त्रालयले द्वन्द्वकालमा हराएका र चोरिएका हातहतियारका सम्बन्धमा तयारपारेको प्रतिबेदनलाई पनि सरकारले छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
एशियाली बिकास बैंकबाट प्राप्त हुने ६ अर्व ५४ करोड ऋण अनुदान सहायता लिन स्वीकृति प्रदान गरेको छ । त्यसका लागि आवश्यक पर्ने तयारी गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया