बाघको आक्रमणबाट दुई जनाको मृत्यू

tiger-jungleचितवन, २६ वैशाख । चितवन जिल्लामा बाघको आक्रमणबाट बिहीबार विहान दुई जनाको मृत्यू भएको छ ।
गीतानगर–४ मा चितवन राष्टिय निकृञ्जसँगै जोडिएको बरण्डाभर जंगलबाट निस्किएको बाघले आक्रमण गर्दा स्थानीय ७५ वर्षीय हनुमन्त सार्की र भीमबहादुर मगरको मृत्यू भएको प्रहरीले जनाएको छ ।
विहान करिव चार बजे बाघले हनुमन्तलाई घरबाटै लतारेर जंगलमा लगेर मारेका हो ।
हनुमन्तलाई जंगलमा लगेपछि खोज्दै पुगेका स्थानीयको भिडबाट बाघले भीमबहादुरलाई तानेर जंगलमा लगेर मारेको कांग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठले जानकारी दिए ।
मान्छे मार्ने बाघ खोज्न स्थानीयको दवावमा निकुञ्जका आठ वटा हात्ती परिचालन गरेको छ । (फाईल तस्विर)

प्रतिक्रिया