मनाइयो रेडक्रस दिवस

काठमाडौँ : ‘मानवीय सेवाको एक सय ५० वर्ष’ भन्ने नाराका साथ विविध कार्यक्रम गरी विश्व रेडक्रस दिवस बुधबार नेपालमा पनि मनाइएको छ । हरेक वर्ष मे ८ मा मनाइने यो दिवसकै दिन नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस पनि पर्छ । सोसाइटीको ५०औँ स्थापना दिवस तथा रेडक्रस दिवसका अवसरमा बुधबार बिहान राजधानीमा प्रभातफेरि निकालिएको थियो । प्रभातफेरिपछि स्वयम्भूमा युवा दौड प्रतियोगितासमेत आयोजना गरिएको थियो ।
युवा दौड प्रतियोगितामा एक सय ५० युवाले सहभागिता जनाएको सोसाइटीका सूचना विभागका अधिकृत डिपिराज पौडेलले बताएका छन् । (सौस)

प्रतिक्रिया