नेपाली क्रिकेट टोलीको राजधानीमा स्वागत

iccकाठमाडौं, २५ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीको बुधबार राजधानीमा स्वागत गरिएको छ ।
बर्मुडामा नेपाली क्रिकेट टोलीले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–३ जितेको थियो । टोली त्रिभुवन विमानस्थलबाट बाहिरिए लगत्तै समर्थक र राष्ट्रिय खेलकुद परिषदले खेलाडीको स्वागत गरेका हुन् ।
पञ्चैबाजासहित पुगेका समर्थक र परिषदका पदाधिकारीले खेलाडीको स्वागत गरेका थिए । खेलाडीलाई नगर परिक्रमा गराउने क्रममा राजधानीका यातायात व्यवस्था केही समय प्रभावित समेत भएको थियो ।
नेपालले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन–३ को फाइनलमा युगान्डालाई हराएको थियो । डिभिजन–३ जिते लगत्तै नेपाली क्रिकेट टिम डिभिजन–२ मा उक्लेको छ ।
सन् २०१४ मा हुने विश्व कप छनौटमा नेपाली क्रिकेट टोली सहभागी हुन पाउने छ ।

प्रतिक्रिया