आयोजक नवजीवन र काठमाडौं भ्याली जित

काठमाडौ : आयोजक नवजीवन एजुकेसन एकेडेमी (एनइए), काठमाडौं भ्याली स्कुल र एचएचसिएले तेश्रो एनइए–शिवम् सिमेन्ट अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा मंगलबार जित हात पारेका छन् । सामाखुसीस्थित घरेलु कोर्टमा एनइएले मोडेल एकेडेमीलाई १८–४ ले हरायो । एनइएकी पेमा गुरुङले ८ अंक जोडिन् । काठमाडौं भ्यालीले बिएसटीलाई ३५–१४ ले पन्छायो । काठमाडौं भ्यालीको जितमा बन्दना सेनको १३ अंक योगदान रह्यो । एचएचसिएले एन्जल्स हार्टमाथि २४–९ को जित निकाल्यो । विजेताकी सुशीला तामाङले १० अंक बटुलिन् ।
शिवम् सिमेन्टको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा ग्रिनल्यान्ड र माउन्ट ग्लोरी विजयी भए । सागरमणि गुरुङ र आलोक लम्सालको समान १० अंक सहयोगमा ग्रिनल्यान्डले भद्रकालीलाई ३५–१९ ले निराश पार्‍यो । माउन्ट ग्लोरीले टिआइएलाई ६१–५१ ले पराजित गर्‍यो । माउन्ट ग्लोरीका दीपेश लामाले २३ स्कोर गरे । जुनियर ब्वाइजमा ग्रिनल्यान्ड, एन्जल्स हार्ट र ओडिसीले जित हात पारे ।
ग्रिनल्यान्डले हिमालयलाई १८–१४ ले पाखा लगायो । विजयी टिमका निम्ति अनमोल आचार्यले ७ अंक जोडे । देवान गौचनको १६ अंक मद्दतले एन्जल्स हार्टले बाबा बोर्डिङ स्कुलमाथि २५–२३ को कठिन जित रच्यो । आयोजक एनइएविरुद्धको खेलमा ओडिसी २३–१९ ले विजयी भयो । (सौस)

प्रतिक्रिया