जिल्ला सदरमुकाम मार्तडीमा कर्फ्यु

DSC07057बाजुरा,२४ वैशाख । जिल्ला सदरमुकाम मार्तडीमा प्रशासनले कर्फ्यु लगाएको छ । सडक निर्माणको विषयलाई लिएर आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरी बीचको झडपले उग्ररुप लिएपछि प्रशासनले भोली बिहान ५ बजेसम्मका लागि कर्फ्युलगाएको हो । यतिबेला बजारमा प्रहरीहरु उच्च तयारीका साथ तैनाथ गरिएका छन् भने सर्वसारणलाई घरबाहिर जान दिइएको छैन् ।
बुढीगंगा नदीमा निर्माण गरिने बेलिब्रीजको निर्माण प्रक्रिया एकाएक रोकेको विरोधमा चरणवद्ध आन्दोलन गर्दै आएका स्थानीय र प्रहरी बीच आज भएको झडपमा २० बढी आन्दोलनकारी घाइते भएका छन् । आन्दोलनको तेस्रो दिन आज जिल्ला प्रशासन कार्यालय बाजुरा घेराउका लागि गएका आन्दोलनकारी माथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । अश्रुग्याँसको छर्रा, लाठी र ढुङ्गा लागेर तीन महिने नाबालिका र विद्यार्थी सहित २० भन्दा बढी घाइते भएको बताइएको छ ।
घाईते हुनेमा गोपाल रावल, गोपाल खड्का, डबल बोगटी, सरिता पाध्या, किरण नेपाली, तिलक शाह गोरख धामी, जेनीशा न्यौपाने जानकी न्यौपाने लगाएत २० भन्दा बढी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तीन महिने बालिका जेनीशा न्यौपाने सहित २ जनाको अवस्था गम्भीर रहेको जनस्वास्थ्य अधिकृत ज्ञानेन्द्र दवाडीले जानकारी दिए । घाइते सबैको उपचार जिल्ला अस्पताल बाजुरामा भइरहेको छ ।

प्रतिक्रिया