दाङमा आफ्नै बच्चा हत्या गर्ने ‘आमा’ पक्राउ

Hatya 2दाङ, २३ वैशाख । पति बैदेशिक रोजगारीमा रहेका बेला आफ्नै बच्चाको हत्या गरेको अभियोगमा दाङमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
विजौरी–४ कि ३५ बर्षीया कुमारी नेपालीले आफ्नै बच्चालाई सोमबार विहान घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । कुमारीले बच्चाको हत्या पछि शव बोरामा हालेर घरमा राखेकी थिईन् ।
बच्चाको शव प्रहरीले आजै विहान कुमारीको घरबाट बरादम गरेको जनाएको छ ।
कुमारीका पति केही बर्ष यता बैदेशिक रोजगारीका शिलशिलामा बिदेशमा छन् ।
उता, प्युठान जिल्लामा कोदालो प्रहार गरेर दुर्गाबहादुर नेपालीले आफ्नै फुपु फोप्ली नेपालीको हत्या गरेका छन् ।
उदयपुरकोट–६, आापचौर निवासी ३३ बर्षीय दुर्गाबहादुरले घरको बरण्डामा सुतीरहेकी ४० बर्षीया फुपु फोप्लीलाई कोदालोले टाउकोमा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
फुपु हत्याको अभियोगमा प्रहरीले दुर्गाबहादुरलाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया