पाल्पाका निजी विद्यालयमा पठन–पाठन सुचारु

Palpa Districtपाल्पा, २३ वैशाख । नेकपा–माओवादी निकटको अनेरास्ववियु (क्रान्तिकारी)ले विभिन्न शैक्षिक माग राखेर आह्वान गरेको निजी विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएको छ ।
बन्द फिर्तासँगै पाल्पाका निजी विद्यालयको पठन–पाठन सुचारु भएको छ । शैक्षिक सत्र सुरु हुनासाथ मनोमानी ढंगले निजी विद्यालयले शुल्क लिन थाले पछि अखिल क्रान्तिकारी बन्दमा उत्रिएको थियो । अखिल क्रान्तिकारीका १५ बुँदे माग सम्बोधन भएपछि निजी शैक्षिक संस्था बन्दको कार्यक्रम फिर्ता लिएको हो ।
अखिल क्रान्तिकारीले अघि सारेका नीजि विद्यालयमा बृद्धिको भएको शुल्क घटाउने, शिक्षण संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई शिक्षा नियमावलीमा निर्धारण गरिएअनुसार सेवा सुविधा उपलब्ध गराउने लगायतका माग पुरा भएका छन् ।

प्रतिक्रिया