कार्की विरुद्ध राष्ट्रपति समक्ष एमालेको उजुरी

umlकाठमाडौं, २३ वैशाख । एमालेले लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्ने निर्णयको विरोध गरेको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले सोमबार राष्ट्रपति डा.रामवरण यादवलाई भेट गरेर कार्कीलाई प्रमुख आयुक्तमा नियुक्त नगर्न सुझाव दिएका हुन् । पोखरेलले कार्की विरुद्ध आएका विरोधहरुको पनि राष्ट्रपतिलाई स्मरण गराएका छन् ।
जनआन्दोलन दमन गर्न महत्वपूर्ण भूमिका खेलेका कार्कीलाई अख्तियारमा नियुक्त गर्न नहुँने एमालेको पोलिट ब्यूरोको निर्णय पनि पोखरेलले राष्ट्रपतिलाई बुझाएका छन् ।
‘व्यवस्थापिका संसदको अनुपस्थितिमा संसदीय सुनुवाई समेत संभव नभएको परिप्रक्ष्यमा राष्ट्रपति ज्यूबाट यस विषयमा प्रकट भएको आम जनभावनाको कदर हुने अपेक्षा गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया