तीन दिन देखि पूर्व बन्दले जनजीवन प्रभावित

पाँचथर २३ बैशाख । मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र नेकपा–माओवादीले मतदाता नामावली संकलन स्थगनको माग राख्दै तीन दिन देखि गर्दै आएको बन्दले जनजीवन नराम्ररी प्रभावित भएको छ । पूर्वका नौ जिल्लामा जारी बन्दले त्यहाँको जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गएको छ ।
आज पनि बन्द गराउदै हिडेका दुई जनालाई पाँचथर सदरमुकाम फिदिमवाट पक्राउ गरिएको छ । विहान फिदिम बजारमा सवारीसाधन र पसल बन्द गराउदै हिडेका गणतान्त्रिक मोर्चाका पाँचथर सचिव दिपक खनाल र लिम्बुवान शिक्षक परिषदको अध्यक्ष योगेश योङ्यालाई शसस्त्र प्रहरीले फिदिमको गणतन्त्रचोकबाट पक्राउ परेका हुन ।
बन्दकर्ताहरुले फिदिमको शिक्षा लाईनमा मालबाहक ट्रक नियन्त्रणमा लिएका छन् । ना २ ख ८२२३ नम्बरको ट्रक सामान झार्न गन्तव्यतर्फ गईरहेको अवस्थामा गाडीको साँचोसहित नियन्त्रणमा लिएको हो ।
वन्दको क्रममा ४० बढी कार्यकर्ता पक्राउ परेको मञ्चले बताएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले वार्ताको प्रयास भएपनि आन्दोलनकारीहरु केन्द्रमा मात्रै वार्ता गर्ने भन्दै बार्तामा नआएको जनाए ।

प्रतिक्रिया