नेविसंघको प्रचार र्‍याली

काठमाडौं, २३ वैशाख । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन चुनावको नयाँ मिति घोषणा गरेसँगै विद्यार्थी संगठन प्रचारप्रसारमा जुट्न थालेका छन् । आइतबार नेपाल विद्यार्थी संघले स्ववियु निर्वाचनका लागि प्रचार–प्रसारमा मोटरसाइकल र्‍याली निकालेको छ । पद्मकन्या क्याम्पस बागबजारबाट निकालिएको र्‍याली प्रर्दशनीमार्ग, पुतलीसडक, मैतिदेवी हुँदै पशुपति क्याम्पस चावहिलमा पुगेर कोणसभामा परिणत भएको थियो । कोषसभालाई सम्बोधन गर्दै कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले विद्यार्थीलाई मनमुटाव त्यागेर स्ववियु निर्वाचनमा लाग्न आग्रह गरे ।
उनले स्ववियु निर्वाचन संविधानसभाको निर्वाचनसँगै जोडिएकोले आफ्नो  विजय सुनिश्चित गराउनुपर्ने बताए । सभामा नेविसंघका प्रवक्ता युपी लामिछाने, पशुपति क्याम्पसका स्ववियु सभापति मनोज वैद्यलगायतले संघले विगतमा जस्तै स्ववियु चुनाव जित्ने दाबी गरे ।

प्रतिक्रिया