′रक्षक नै भक्षक भएपछि समस्या भयो′

Upendra yadavराजविराज, २२ वैशाख । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष्ँ उपेन्द्र यादवले संविधानका संरक्षक डा. रामवरण यादवले नै तीन प्रमुख दलको दवावमा संविधान उल्लंघन गर्दै आएको आरोप लगाएका छन् । वाधा अड्काउ फुकाउने नाममा एमाओवादी, कांग्रेस र एमालेको इच्छा अनुसार राष्ट्रपति यादवले संविधान संसोधन गरी त्यसलाई तहसनहस पारेको फोरम अध्यक्षयादवको आरोप छ ।
फोरम नेपालले आईतवार सप्तरीको भारदहमा आयोजना गरेको विरोध सभामा यादवले तीन प्रमुख दल र मधेशी मोर्चाको षड्यन्त्रमा राष्ट्रपति पनि सहभागि हुदै आएको आरोप लगाए । उनले संविधानसभाको निर्वाचन सगै स्थानीय निकायको निर्वान समेत सम्पन्न गर्नु पर्नेमा जोड दिए । ‘‘स्थानीय निकायमा १५ वर्षदेखि निर्वाचन भएको छैन’ यादवले भने–‘सामान्य सिफारिसमा समेत गाविस सचिवले सर्वसाधारणलाई सास्ती दिईरहेका छन्, त्यसको जवाफ कस्ले दिन्छ ।’

प्रतिक्रिया