सप्तरीमा युवकको शव फेला

राजविराज, २२ वैशाख । सप्तरी जिल्लाको खोजपुर–८ मा हत्या गरेर फालिएको अवशस्थामा शव फेला परेको छ ।
टाउकोमा गोली लागेको तथा घाँटी रेटिएको अवस्थामा आइतवार वेवारीसे शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी २८/२९ वर्षीय पहाडी मुलकका पुरुषको शव स्थानीय चापिन खोलमा फेला परेको हो ।
प्रहरीका अनुसार शवको टाउकोमा गोली लागेको, अनुहारमा एसिड फालिएको ताथा घाँटी रेटिएको प्रत्यक्ष देखिएको छ । शव तीन दिन अघि हत्या गरेर फालिएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

प्रतिक्रिया