मुलुक इतिहाँसकै कठिन अवस्थामा: कोइराला

Sushil-Koiralaकपिलवस्तु, २२ वैशाख । कांग्रेस सभापति सुशील कोइरालाले मुलुक इतिहाँसकै कठिन अवस्थामा रहेको बताएका छन् ।
प्रेस युनियन कपिलवस्तुले आज तौलिहवामा गरेको पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले मुलुकलाई चुनाव मार्फत निकास दिनुपर्ने बताए । उनले भने, ‘देशमा संविधान नबन्दा मुलुक ईतिहाँसमै कमजोर बनेको छ ।’
सभापति कोइरालाले मुलुकलाई जोगाउन निर्वाचनमै जुट्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिए । समयमै निर्वाचन गरेर मुलुकलाई बचाउनुपर्ने उनको भनाइ थियो ।
उच्चस्तरीय राजनीतिक समितिले लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन गरेको सिफारिस कार्यान्वयन गर्न नदिने कोइरालाले दाबी पनि गरे ।
‘लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउने बिषयमा जनताबाटै विरोध भैरहेकाले निर्णय कार्यान्वयन हुन दिन्न,’ उनले भने ।

प्रतिक्रिया