अगुल्टो झोसिएकीको मृत्यु

दैलेख : श्रीमानले यौनांगमा अगुल्टो झोसेपछि घाइते भएकी चावली सार्कीको शनिबार दिउँसो मृत्यु भएको छ । पोलिएको झन्डै चार महिनापछि उनको मृत्यु भएको हो । पौष १६ गते राति यौन सम्पर्क गर्न नदिएको भन्दै मदिरा सेवन गरी आएका श्रीमान् कमारो सार्कीले उनको यौनांगमा अगुल्टो झोसेका थिए । घाइते भएकी चावलीको विभिन्न संघ संस्थाको सहयोगमा उपचार हुँदै आएको थियो ।
कोहलपुर मेडिकल कलेजमा उपचार गराएर उनी घरमा बस्तै आएकी थिइन् । उनका श्रीमान् भने पुर्पक्षका लागि कारागार चलान गरिएका छन् । नमुना वस्तीमा बस्दै आएकी चावलीको मृत्युपछि उनका नाबालक दुई छोरा र एक छोरी भने विचल्लीमा पर्ने भएका छन् । उनको आजै रीतिरिवाज अनुसार दाहसंस्कार गरिएको छ । (सौस)

प्रतिक्रिया