रोल्पाका ९ प्रतिशत बालबालिका बाहिर

Rolpa Districtरोल्पा, २२ वैशाख । जिल्लामा विद्यालय जाने उमेरका नौ प्रतिशत बालबालिकाले विद्यालय जान पाएका छैनन् । जिल्ला शिक्षा कार्यालय रोल्पाको तथ्यांकले जिल्लाका नौ प्रतिशत विद्यालय उमेरका बालबालिका विद्यालयको पहुँचमा आउन नसकेको देखाएको छ ।
विद्यालय बाहिर रहेका बालबालिका मध्ये अधिकांश दलित, गरिब, द्वन्द्वपीडित, असहाय र जनजाति समुदायका बालबालिका रहेको तथ्यांकमा उल्लेख छ । विद्यालय बाहिर रहेका अधिकांश बालबालिका गरिबीका कारण जिल्ला तथा जिल्लाबाहिरका अन्य सहरमा बालश्रमिकका रूपमा काम गरिरहेका छन् । शैक्षिक सत्र ०७०/७१ मा सम्पूर्ण बालबालिकालाई विद्यालयको पहुँचसम्म पुर्‍याउने उद्देश्य रहेको जिल्ला शिक्षा कार्यालय रोल्पाले बताएको छ । वैशाख महिनाभर जतिसक्यो धैरै संख्यामा बालबालिकालाई विद्यालयमा भर्ना गराउन दुई चरणमा भर्ना अभियान कार्यक्रम सञ्चालन भइरहेको रोल्पाका जिल्ला शिक्षा अधिकारी डा. दीपेन्द्र गुरुङले जानकारी दिए ।

प्रतिक्रिया