पत्नी हत्याको अभियोगमा बृद्धा पक्राउ

Hatya 2दाङ, २१ वैशाख । दाङ जिल्लामा पत्नी हत्याको अभियोगमा एक जना बृद्धा पक्राउ परेका छन् ।
५८ वर्षीया पत्नी सुशीला गौतमलाई हत्या गरेको अभियोगमा लालमटिया–१, बसन्तपुरका ६० बर्षीय युद्धबहादुर गौतमलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
युद्धबहादुरले बैशाख–१३ पत्नी सुशीलाको हत्या गरी घर पछाडी गाडेको प्रहरी भनाई छ ।
हत्याको सूचना पाउन साथ शुक्रबार पुगेको प्रहरीले सुशीलाको शव खनेर बाहिर निकालेको छ ।

प्रतिक्रिया