हैसियत नरहेको समितिसँग वार्ता हुँदैन: बैद्य

Mohan-Baidhyaकाठमाडौ, २१ बैशाख । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले हैसियत नरहेको उच्चस्तरीय राजनीतिक समितिसँग वार्ता नगर्ने बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष बैद्यले माग सम्बोधन नहुँदासम्म उच्चस्तरीय समिति, राष्ट्रपति, सरकार वा सरकारी वार्ता टोलीसँग वार्ता नगर्ने उल्लेख गरे । उनले बाधा अड्काउ फुकाउलगायतका निर्णय खारेज नहुँदासम्म बार्ता नगर्ने बताए ।
‘उच्चस्तरीय राजनीतिक समितिको हैसियत छैन,’ उनले भने, ‘उच्चस्तरीय राजनीतिक समितिको कुरा मान्दैनौ भनेर सरकारका मन्त्रीले नै भनिसके ।’ उनले वर्तमन सरकारको बर्खास्ती माग गरेकाले उनीहरुसँग वार्ताको कुनै सम्भावना नरहेको दोहराए ।
यद्यपि उनले राष्ट्रपतिसँग अनौपचारिक रुपमा वार्ता भईरहेको बताए । ‘राष्ट्रपतिसँग चाहीँ अनौपचारिक रुपमा वार्ता गर्न सकिन्छ । औपचारिक रुपमा वार्ता हुँदैन, अध्यक्ष बैद्यको भनाई छ ।
उनले एमाओवादीसँग संविधानसभा निर्वाचनमा कुनै पनि प्रकारको तालमेल नहुँने बताए । ‘एमाओवादीसँग कुनैपनि हालतमा तालमेलको सम्भव छैन ।’

प्रतिक्रिया