श्रीमानले अगुल्टो झोसेकी चावलीको मृत्यु

दैलेख, २१ बैशाख । श्रीमानले अगुल्टो झोसेर घाईते भएकी चावली सार्कीको आज मृत्यु भएको छ । अगुल्टोले पोलिएको झण्डै चार महिना पछि आज दिउँसो घरमै उनको मृत्यु भएको परिवारले जनाएको छ । गएको पौष १६ गते राति यौन सम्पर्क गर्न नदिएकै बाहानामा मदिरा सेवन गरेका श्रीमान कमारो सार्कीले उनको यौनाङ्गमा अगुल्टो झोसेका थिए ।
विभिन्न संघ सस्थाको सहयोगमा केहि समय कोहलपुर मेडिकल कलेजमा उपचार गराएर उनी घरमा बस्दै आएकी थिईन ।
उनका श्रीमान भने पुर्पक्षका लागि कारागार चलान गरिएका छन । चावलीको मृत्यु पछि उनका नाबालक दुई छोरा र एक छोरी विचल्लीमा परेका छन् ।

प्रतिक्रिया