राष्ट्रपतिको असंवैधनिक कदम खारेज गर्न माग

Dev Gurung !काठमाडौं, २१ वैशाख । नेकपा माओवादीसहित ३३ दलीय संयुक्त आन्दोलनको मोर्चाले राष्ट्रपतिको असंवैधानिक कदम खारेज नगरेसम्म राष्ट्रिय सहमतिको मार्ग खुला हुन नसक्ने जनाएका छन् ।
काठमाडौंको बुद्धनगरमा शनिबार बसेको ३३ दलको बैठकले चार दल र राष्ट्रपतिको निर्णयले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर आँच पुगेको लगाए । ‘राष्ट्रपतिको असंवैधानिक कदम खारेज नगरेसम्म राष्ट्रिय सहमतिको मार्ग खुला हुन सक्दैन भन्ने ठहर छ,’ बैठक पछि जारी विज्ञप्तिमा भनिएको छ, ‘चार दलको निर्णयबाट गरिएको राष्ट्रपतिको उक्त कदमले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर आँच पुगेको छ ।’
३३ दलले चार दलीय सिन्डिकेट र राष्ट्रपतिको कदमको खारेजीको माग दोहराएका छन् । विज्ञप्तिमा नेकपा–माओवादीका सचिव देव गुरुङले हस्ताक्षर गरेका छन् ।
उनीहरुले सरकारलाई दमनकारी कार्यहरु तुरुन्त बन्द गर्न र गिरफ्तार गरिएका नेता तथा कार्यकर्ता अविलम्ब बिना शर्त रिहा गर्न पनि माग गरेका छन् । संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ता र नेतालाई प्रहरीले पूर्वाञ्चलमा पक्राउ गरे पछि ३३ दलले विरोध जनाएका हुन् ।

प्रतिक्रिया