रहेनन् सल्यानका पत्रकार हमाल

Uttam-Hamal-Salyanकाठमाडौं, २१ वैशख । नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य एवं पत्रकार उत्तम हमालको शुक्रबार राति बाँकेको कोहलपुरमा उपचारका क्रममा निधन भएको छ ।
सल्यान जिल्ला निवासी पत्रकार हमालको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । हमालकी पत्नी, एक छोरा र एक छोरी छन् । रेडियो नेपालको स्थानीय सम्वाददाता समेत रहिसकेका हमालले सल्यान जिल्लामा विभिन्न सञ्चारमाध्यममा क्रियाशील पनि थिए ।
यसैवीच, नेपाल प्रेस युनियनले पत्रकार हमालको निधनप्रति दु:ख व्यक्त गरेको छ । युनियनका महासचिव शिव लम्सालले शनिबार शोकसन्देश जारी गरेर पत्रकारिता क्षेत्रमा हमालले पुराएको योगदानको स्मरण गरेका छन् ।
‘पत्रकार उत्तम हमालको असामयिक निधनप्रति गहिरो दु:ख व्यक्त गर्छौं,’ शोकसन्देशमा भनिएको छ, ‘दिवंगत आत्माको चीर शान्तिको कामना गर्दैं शोक सन्तप्त परिवारप्रति प्रेस युनियन समवेदना प्रकट गर्दछ ।’

प्रतिक्रिया