आगलागीबाट १ सय १५ घर जलेर खरानी

Saptari-Aaglagiराजविराज, २१ वैशाख । सप्तरीको जोगिनिया वडा नम्वर ६ र ७ मा आज विहान आगलागी हुँदा ३९ परिवारका १ सय १५ घर जलेर खरानी भएका छन् । आगलागीले डेढ करोड वरावरको क्षती भएको प्रारम्भिक अनुमान प्रहरीको छ ।
स्थानीय ज्वाला वनवरीया र धर्मनारायण वनवरियाको सगोल घरमा विद्युत सर्ट भई आगलागी सुरु भएको थियो । विहान करिव पौने २ बजे आगलागी भएको स्थानीयले बताए । डम्वर सहनोजिया, रमेश माझी, विरेन मुखिया, महादेव मुखिया, महिनारायण गोईत, पप्पु गोईत, जितेन्द्र गोईत, रामानन्द वहडखेर, छेदी माझी, हरिनारायण माझी लगायतको घर जलेर खरानी भएको प्रहरीले जनाएको छ ।
यसैगरी भुपेन्द्र वनवरिया, रामवालक वनवारीया, अधिकलाल वनवरीया, जयकृष्ण वनवरिया, रामेश्वर वनवरिया, वेचन वहडखेर, लक्षमण वहडखेर, विमलादेवी रान, नन्दु रान, नन्दु गोईत, देवीप्रसाद गोईत लगायतको घर समेत जलेर नष्ट भएको छ । आगलागीमा परि २ सय १६ जना परिवारका सदस्यहरु प्रभावित भएको र १ थान मोटरसाईकल, २ थान साईकल, ३ थान पशुचौपाया गरि करिव डेढ करोड वरावरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी श्यामसिंह चौधरीले जानकारी दिए ।
पानीको सहज आपुर्ति हुन नसक्दा तत्कालै आगो नियन्त्रणमा आउन नसकेको पिडीत परिवारले गुनासो गरे । आगो नियन्त्रणका लागि राजविराज, विराटनगर र लहानको दमकल मगाइएको थियो भने राजविराज स्थित कृष्णदल गणको नेपाली सेना, वरमझियाको ससस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सयुक्त प्रयासमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । विद्युत मिटर सर्ट भई आगलागी सुरु भएको बताइएपनि गाउमा अत्याधिक रुपमा हुकिङ्गको प्रयोग गरेको पाईएकाले सोही कारण आगलागी भएको हुनसक्ने सुरक्षा निकायको आशंका छ ।

प्रतिक्रिया