‘विवादले संविधानसभा विघटन भएको हो’

Khilraj-Regmi'sकाभ्रे, २० वैशाख । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले दलहरुबीचको विवादका कारण संविधानसभा विघटन भएको इतिहासलाई नबिर्सन नहुँने बताएका छन् ।
काभ्रेको धुलीखेलमा आज आयोजित कार्यक्रममा रेग्मीले सबै तिक्तताहरु भूलेर संविधान जारी गर्ने वाटोमा दलहरु लाग्नु पर्ने वताए । ‘वर्तामन सरकार चुनावलाई केन्द्रित भई दलहरुकै सहमतिमा निर्वाचन गराउ छ,’ उनले भने ।
उनले इतिहासको कालखण्डमा भएका असफलताबाट पाठ सिकेर अघि बढ्नु पर्ने समेत बताए । नयाँ संविधान बन्न नसकेकोमा जनतामा निराशा र आक्रोश रहेको उनको भनाई छ ।
‘नयाँ संविधान नबनेर संविधानसभा विघटन भएकोमा जनता आक्रोशित र निराश छन्,’ उनले भने, ‘जनताको भावना बुझेर नयाँ संविधानका लागि संविधानसभा चुनाव छिटो गर्नु पर्छ ।’

प्रतिक्रिया