पश्चिमाञ्चल सयरमा प्रधानसेनापति जबरा

Gaurab Shamsher jabaraकाठमाडौं, २० वैशाख । प्रधानसेनापति गौरब शम्शेर जबरा पश्चिम पृतना अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमणका लागि पश्चिमाञ्चल प्रस्थान गरेका छन् ।
उनले पश्चिम पृतना अन्तर्गतका गण, गुल्म, वाहिनी, पृतना एवं शिक्षालयको निरीक्षण भ्रमण गर्ने सैनिक जनसम्पर्क निर्देशनालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । उनको भ्रमण मंगलबारसम्म हुने छ ।
जबराले आजै गोरखास्थित भैरवीदल गण, लमजुङ्गको पशुपतिप्रसाद गण, तनहुँस्थित नम्वर–३ वाहिनी अड्डा र कास्कीस्थित पश्चिम पृतना हेडक्वाटरको निरीक्षण समेत गरेको विज्ञप्तिमा उल्लेख छ ।
भ्रमणका क्रममा जबराले गण, वाहिनी तथा पृतनाहरुको जिम्मेवारी क्षेत्रमा तैनाथ फौजको तालिम, बन्दोबस्ती, हौसला एवं शान्ति सुरक्षाको अवस्थाबारे जानकारी पनि लिएका छन् ।

प्रतिक्रिया