आगलागीबाट ६ लाखको क्षति

AAglagi-(8)राजविराज, २० वैशाख । सप्तरीको हर्दिया ५ निवासी विरेन चौधरीको घरमा गएराति भएको आगलागीबाट ६ लाख वरावरको धनमाल जलेर नष्ट भएको छ ।
राति करिव ९ बजे सुरु भएको आगलागीबाट चौधरीको घर तथा त्यसमा भएको अन्नपात, लत्ताकपडा, नगद १ लाख गरी करिव ६ लाख वरावरको क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयवासी, दमकल र प्रहरीको सहयोगमा राति साढे १० वजे आगो नियन्त्रणमा आएको थियो ।
यसैगरी हिजो साझ साढे ७ वजे औरही ६ निवासी नुन्दी रामको गाईगोठमा आगलागि हुदा करिव ५० हजारको क्षति भएको छ । गोठमा बालेको घुर सल्किएपछि आगलागी भएको थियो ।

प्रतिक्रिया