प्रधानसेनापति र बेलायतका राजदूतबीच भेटवार्ता

Nepal-Armyकाठमाडौं, १९ वैशाख । प्रधानसेनापति गौरव शम्शेर जबरासँग नेपालका लागि बेलायती राजदूत एन्डी जेम्स स्पार्कले भेटबार्ता गरेका छन् ।
भद्रकालीस्थित जंगी अड्डामा आज भएको भेटमा बेलायतसँगको सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
भेटघाटका क्रममा नेपाल र बेलायतबीचको ऐतिहासिक र द्विपक्षीय कुटनैतिक सम्बन्धका विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया