आगलागी हुँदा तीन लाख बराबरको क्षति

रोल्पा, १९ वैशाख । रोल्पाको जुँगार गाविसमा आगलागी हुँदा करिव तीन लाख बराबरको क्षति भएको छ ।
जुँगार–५ निवासी लिलाधर पुनको ३ तले कच्ची घरमा आज विहान एक्कासि आगालागी हुँदा तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरमा रहेका अन्नपात, सम्पूर्ण लत्ताकपडा, भाडाकुडा जलेका छन् ।

प्रतिक्रिया