नेवा: अधिकार पुरस्कार स्थापना

काठमाडौं : नेवा: स्वायत्त राज्य प्राप्तिको आन्दोलनमा सक्रिय व्यक्ति तथा संघ–संस्थालाई सम्मान गर्ने उद्देश्यका साथ अधिकारकर्मी डा. महेशमान श्रेष्ठले ‘नेवा: अधिकार पुरस्कार’ स्थापना गरेका छन् । २५ हजार राशिको उक्त पुरस्कार हरेक वर्ष अक्षय तृतियाको दिन प्रदान गरिने भएको छ । डा. श्रेष्ठले आफ्नो वैवाहिक जीवन ५० वर्ष पुगेको अवसरमा उक्त पुरस्कार स्थापना गरेका हुन् । यस वर्ष विशेष पुरस्कारका रूपमा नेवा: स्वायत्त राज्य मंका: संघर्ष समितिलाई ३० वैशाखमा प्रदान गरिने जनाइएको छ । (सौस)

प्रतिक्रिया