मजदुर दिवसबारे मजदुर नै बेखबर

Dang-Majdurदाङ, १९ वैशाख । मजदुर संगठनका नेता तथा कार्यकर्ताका हातमा प्यले कार्ड र ब्यानर थियो । तर, त्यही समयमा लमही–घोराही सडक खण्डअन्र्तगत मुसोट खोला उकालोमा कालोपत्रे गर्न सडकमा उत्रिएकी सतवरीयाकी बाटुली मगरको हातमा भने बेल्चा र कुचो † अन्र्तराष्ट्रिय मजदुर दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा औपचारिक कार्यक्रम आयोजना गरिएको भए पनि बाटुली बेखबर थिइन् । ‘खै मलाई त थाहा छैन्, आज के हो र ?,’ उनले भनिन् ।’ बुधबार अन्तर्राष्ट्रिय मजदुर दिवस विश्वभर मनाइयो । ‘थाहा पाएको भए मनाथ्याँै होला, तर, हामीलाई कसैले भनेन,’ सप्तरी घर भएका राजदेव रामले भने । मजदुर दिवसका दिन बिहान सात बजे उनीहरू सडकमा कुचो लगाउँदै थिए । ‘ठेकेदारले जे लगायो, त्यही गछौँ,’ काम गर्दै गरेकी मीना मगरले भनिन् । ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनलाई ध्यानमा राखेर मनाइदै गरेको मजदुर दिवसमा सतवरीयाकी मीना मगर जस्ता धेरै मजदुरले आराम नै गर्न पाएनन्, मनोरञ्जन त टाढाको कुरा ।

गोग्लीमा कार्यक्रम
अखिल नेपाल ट्रेड युनियन महासंघ दाङले गोग्लीमा कार्यक्रम गर्‍यो । महासंघ दाङका अध्यक्ष टेकबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एकीकृत नेकपा माओवादी दाङका जवज/मोर्चा इञ्चार्ज लुमाकान्त न्यौपाने(सागर)ले सदियौंदेखि मजदुर हेपिदै आएको चर्चा गर्दै अब पेशागत र समाजिक सुरक्षा हकअधिकार प्राप्तिका लागि सबै मजदुर एकजुट हुनुपर्ने बताए ।

प्रतिक्रिया