बझाङमा पाँच बर्षीया बालिकाको बलात्कार

balatkarबझाङ, १८ वैशाख । बझाङ जिल्लामा पाँच बर्षीया बालिकाको बलात्कार भएको छ ।
बलात्कार गरेको अभियोगमा प्रहरीले चैनपुर–२ का १६ बर्षीय चक्रप्रसाद जोशीलाई पक्राउ गरेको जनाएको छ ।
जोशीले वैशाख–१५ गते स्थानीय बालिकालाई कपडा धुन गएको अवस्थामा जवरजस्ती करणी गरेका थिए । बालिकाका बाबुले प्रहरीमा उजुरी दिए पछि उनलाई पक्राउ गरिएको थियो । प्रहरीले पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत गरेको छ ।
यता, कञ्चनपुरमा पनि २६ वर्षीया महिलाको बलात्कार भएको छ । बलात्कारको अभियोगमा दैजी–२, शान्तिपुरका २३ बर्षीय हिक्मतबहादुर बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।
बोहराले आज विहान १ बजे महिलालाई बलात्कार गर्ने क्रममा स्थानीयले थाहा पाएर नियन्त्रणमा लिएका हुन् ।

प्रतिक्रिया